नियम
सेवा करारमा रहने कर्मचारीको पारिश्रमिक तथा विशीषज्ञ सेवा
(१) बोर्डलाई आवश्यक प्राविधिक र विज्ञ कर्मचारी मन्त्रालयले ऐनको दफा २० को उपदफा (२) बमोजिम उपलब्ध गराउन नसेकमा बोर्डले प्राविधिक वा विशेषज्ञ कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट छनौट गरी एक पटकमा एक वर्षमा नबढ्ने गरी सेवा करारमा नियुक्त गर्न सक्नेछ ।

(२) उपनियम (१).मा जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले कार्यालय सहयोगी, कम्प्युटर अपरेटर, सवारी चालक सेवा करारमा नियुक्त गर्नेछ ।

(३) उपनियम (१) र (२) बमोजिम सेवा करारमा नियुक्त कर्मचारीको पारिशामिक निर्धारण गर्दा नेपाल सरकारको समान तहका कर्मचारीको पारिश्रमिक भन्दा बढी नहुनेगरी निधार्रण गर्नु पर्नेछ।